भैरहवामा अब हलमै गएर चलचित्र हेर्न पाइने

417

भैरहवा अपडेट
भैरहवा, ७ माघ ।
भैरहवामा अब हलमै गएर चलचित्र हेर्न पाइने भएको छ । कोरोना कहरका कारण बन्द रहेको भैरहवाको काशी सिनेप्लेक्स प्रा.लि.ले चलचित्र प्रदर्शन सुरु गरेको हो । लामो समयसम्म बन्द रहेको चलचित्र घर खोल्ने सरकारको निर्णय भएसंगै माघ १ गतेदेखि काशी सिनेप्लेक्स प्रा.लि.ले चलचित्र प्रदर्शन गर्न सुरु गरेको छ ।
बुधबार भैरहवामा पत्रकार सम्मेलनमा बोल्दै काशी सिनेप्लेक्सका अध्यक्ष ओम जैसीले फिल्न हेर्न आउने दर्शकका लागि टिकटमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बताए । सरकारले तोकेको मापदण्ड अनुसार नै फिल्म हल सञ्चालनमा ल्याइएको उनले बताए ।

कमेन्ट गर्नुहोस !

No description available.
SHARE