भैरहवामा बन्ने भो मिडिया संग्रहलाय

182

भैरहवा अपडेट
भैरहवा, माघ ६ ।
अब भैरहवामा मिडिया संग्रहलाय बन्ने भएको छ । लुम्बिनी प्रेश क्लबले आफ्नो निर्माणाधिन भवनमा मिडीया संग्रहलाय स्थापनाको लागि आवश्यक पुर्वाधार तयार गर्ने भएको हो । उक्त भवनमा पत्रकारिता संग्रहलाय स्थापना गरि लुम्बिनी प्रदेशका १२ जिल्लाको पत्रकारिताको ईतिहास राखिने छ । यससँगै कार्यालयमा अत्याधुनिक आइटि फ्रेन्डली इ–लाइबे्ररी सन्चालन गरिने क्लवका अध्यक्ष नरेश के.सी.ले बताए ।
क्लबको आगामि २ बर्षे कार्यकालका लागि ३० बुँदे निति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष के.सी.ले सो कुरा बताएका हुन् । त्यस्तै निति तथा कार्यक्रममा क्लवको वेवसाइड निमार्ण, लुम्बिनी न्यूज फेस्टीभललाइ निरन्तरता, अनुसन्धानमुलक भिलेज टुर, पत्रकारिता कल्याणकारी अक्षयकोष स्थापना, पत्रकार पेन्सन कार्यक्रम, अध्ययन भ्रमण लगायतका कार्यक्रमहरु रहेका छन् ।
भैरहवा, लुम्बिनी, धकधई र मर्चवार क्षेत्रमा रहेका क्रियासिल पत्रकारहरुको साझा संस्थाको रुपमा स्थापीत लुम्बिनी प्रेस क्लबमा हाल ३६ जना सदस्य रहेका छन् ।

कमेन्ट गर्नुहोस !

No description available.
SHARE