रुपन्देहीमा ५ बर्षिय बालिका बलात्कृत

340

भैरहवा, ४ माघ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित कोटिहवामा ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । कोटिहवामा परिवारसंग बस्ने बालिकालाई नजिकैको पसल जाने क्रममा २८ वर्षिया युवकले बलात्कार गरेका हुन् ।

बलात्कारमा संलग्न युवकलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार आरोपी युवकलाई अदालतबाट म्याद थपको लागी आइतबार जिल्ला अदालत रुपन्देही पठाइएको छ ।

बिहिबार बालिका बलात्कार हराएको सूचना आएपछि खोज्ने क्रममा बालिकालाई नजिकै रहेको स्थानीयको खेतको डिलको खोल्सामा अचेत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए । अपरान्ह ५ बजे घरबाट पसल जान निस्किएकी बालिका बेलुका करिव ७ः४५ बजेसम्म घर नफर्केपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए ।  प्रहरीले खोजतलास गर्ने क्रममा तिलोत्तमा–१५ कोटिहवामा स्थानीयको खेत नजिकै डिल छेउको खोल्सामा रहेको झाडीमा वालिकालाई गम्भिर अवस्थामा फेला पारिएको हो ।

प्रहरी उपरिक्षक पोखरेलका अनुसार बालिकाको अवस्था गम्भिर भएपछि उपचारको लागी काठमाडौस्थित शिक्षण अस्पतालमा पठाइएको छ । प्रहरी उपरीक्षक पोखरेलका अनुसार बालिकालाई पहिला रुपन्देहीको सरकारी अस्पताल र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारको लागी पठाए पनि उपचार हुन नसकेपछि काठमाडौस्थित बिर अस्पताल पठाइएको थियो । वीर अस्पतालमा पनि उपचार सम्भव नभएपछि शिक्षण अस्पताल रिफर गरिएको हो ।

बालिकाको शनिवार बिहान शल्यक्रिया भएपछि पछिल्लो जानकारी अनुसार बालिका कोअवस्था अहिले केही सुधारउन्मुख भए पनि चिन्ताजनक नै रहेको प्रहरीले जानकारी दिएको छ ।

अभियुक्त कपिलवस्तु वाणगंगा वडा नम्बर १२ घर भएका हाल तिलोत्तमा नगरपालिका १३ बबनी बसेर मजदूरी गर्ने होम बहादुर वि.क. रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

No description available.
SHARE