रहेनन् क्रिकेटर कुन्दन

1244

काठमाडौं । दुवै मिर्गौला खराब भएका राष्ट्रिय क्रिकेट खेलाडी कुन्दनसिंह राजपूतको २३ वर्षको उमेरमा मृत्यु भएको छ ।

आज बिहान ८ बजे आइतबार बिहान घर जलेश्वर नगरपालिका वडा नम्बर ९ मा मृत्यु भएको हो । कुन्दन एक वर्षदेखि दुवै मिर्गौला खराब हुँदा उपचार गराउँदै आएका थिए । गत साउनमा कोरोनालाई जितेका कुन्दनको आज बिहान मृत्यु भएको हो । उनले नियमित डाइलासि गराउँदै आएका थिए ।

दुई वर्षअघि काठमाडौंमा भएको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय प्रतियोगितामा कुन्दनले प्रदेश २ बाट खेलेका थिए । आर्थिक अवस्था कमजोर भएका उनलाई बचाउन ‘कुन्दनसिंह बचाउ अभियान’ समेत चलाईएको थियो । उनको आमाको दश वर्षअघि किड्नीकै समस्याले ग्रसित भएर मृत्यु भएको थियो भने बुबा आठ वर्षअघि हेमोग्लोबिनको समस्याले बितेका थिए ।

कमेन्ट गर्नुहोस !

No description available.
SHARE