लालबन्दी १५ परवानीपुरको झरझरामा रहेको सिध्देश्वर इट्टा भट्टा नजिक रहेको बिजुलिको पोल अझै फेरिएको छैन । गत  पुस १६ गते बेलुका ट्याक्टरले ठक्कर दिदाँँ उक्त पोल भाचिएको थियो । स्थानीय निकाय र विद्युत प्राधिकरणलाई जानकारी गराउदा पनि चासो नदेखाएको स्थानीयहरु बताएकाछन् । सडक नजिक भाचिएको पोलले गर्दा आवतजावत गर्न समेत कठिनाइ भएको स्थानीयको गुनासो रहेको छ । कतिबेला पोल ढ्ल्ने हो ठेगान छैन ज्यान जोखिममा राखेर सडकमा हिड्नुपर्छ भन्दै स्थानीयहरुले दुखेसो पोखेका छन्  ।

कमेन्ट गर्नुहोस !

No description available.
SHARE