सिध्दकाली रोधी घर संचालनमा

1183

सागर भट्ट ।।

लोकदोहोरी नेपालको पहिचान संरक्षण र सम्बर्द्धन गर्ने हाम्रो अभियान यहि मुख्य उदेश्य सहित सिध्दकाली रोधी घरले सिध्दकाली डिजिटल
मार्फत विभिन्न प्रकारका लाइभ दोहोरी बजारमा उपलब्ध गराउने भएको छ । लोकदोहोरी प्रेमि दर्शक श्रोताको माझमा सिध्दकाली रोधीघरको पहिलो प्रस्तुति अर्थात भाग एक बजार मा आइसकेको छ।

उक्त कार्यक्रम हरेक हप्ता को मंगलवार र शनिबार सिध्दकाली डिजिटल युट्युब च्यानल मार्फत मनोरञ्जन गर्न सकिन्छ।चर्चित तथा ख्याति प्राप्त कलाकार को साथमा विभिन्न बिषय बस्तु मा रहेर रमाइला रमाइला लोकदोहोरी बजार मा पस्कने छ। यसै गरि सिध्दकाली रोधिघर ले लुकेर रहेका नया प्रतिभा भएका तर अबसरको खोजिमा रहनु भएका प्रतिभा लाई स्थान दिने जनाएको छन।

यसैगरी सिध्दकाली रोधिघर का संरक्षक तथा ब्यबस्थापक निरोज भट्ट का अनुसार आफ्नो ठाउको बिकास ,संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्य ले गोरखा जिल्ला को चिरपरिचित सिध्दकाली मन्दिर र सिध्दकाली स्कुल को नाम बाट प्रभावित सिध्दकालि रोधिघर राखिएको भट्ट ले भन्नू भयो।
सिध्दकाली रोधिघर ले पहिलो कोसेली स्वरुप बजार मा दर्शक श्रोता माझ ल्याइसकेको छ। उक्त कार्यक्रम दोहोरी गायक समेत रहेका सचिन भट्टराई ले संचालन गर्ने छन।यस्तो छ सिध्दकाली रोधिघर को पहिलो कोसेली हेर्नुस भिडियो :

कमेन्ट गर्नुहोस !

No description available.
SHARE