शिब अधिकारी ,
भैरहवा ।।
लोक तथा दोहोरी गायक राजु परियार र कल्पना दाहालको पहिलो गीत “रिबन केसैमा” सार्वजनिक भएको छ । शनिबार बिहान 0७ : ०० बजे लोक तथा दोहोरी गायक पुरुशोत्तम पौडेलको अफिसियल युटुव च्यानलबाट गीत सार्वजनिक भएको हो । गीत सार्वजनिक भएको केही घण्टामा नै धेरै भन्दा धेरै दर्शक श्रोताले मन पर्याईसकेका छन् ।
उक्त गितमा लोक तथा दोहोरी गायक राजु परियार तथा पुरुशोत्तम पौडेलको आवाज रहेको छ भने गीतमा गायीकाको रुपमा कल्पना दाहाल रहेकी छन् । प्रलाहद सुबेदीको शब्द , पुरुशोत्तम पौडेलको संगीत , स्टुडियो मालाश्री प्रा. लि को रेकर्डिङ , उमंग म्युजिक प्रा.लि को अडियो , भिडियो रहेको उक्त गीतको पोष्ट प्रोडक्सन उमंग फिल्मीको रहेको छ ।
कमेन्ट गर्नुहोस !