सैनामैना सेवा समाज यूएईले भाई टिका तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

254

सैनामैना सेवा समाज यूएईले भाई टिका तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा दीदीबहिनीहरुले दाजुभाईलाई टिका , टोपी , माला लगाई  दिएर आशिर्वाद दिनुका साथै तिहारमा पाक्ने सम्पूर्ण परिकारहरु पकाएर दाजुभाई लाई खुवाउनु भएको थियोे  ।

सैनामैना सेवा समाज यूएईका अध्यक्ष केशव ढकालको अध्यक्षता , नेपाली समाज यूएईका अध्यक्ष गोविन्द ढकालको प्रमुख अतिथ्यता तथा बिशेषअतिथिमा नेपाली समाज यूएईका महासचिव बेद प्रसाद अर्याल , नेपाली एकता समाज यूएईका सचिब के पी बिरही लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रम संयोजक रिता गौतम  तथा संस्थाकी उपाध्यक्ष मन्जु थापाले कार्यक्रममा बोल्दै विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि  रमाइलो  गरि तिहार  पर्व मनाएको बताउनुभयो  ।  प्रदेशको ठाउँमा पनि  यस बर्ष कोरोनाको डरले दाजुभाईलाईलाई भाई टिका लगाउन नपाइने हो की भन्ने डर थियो तर भब्य तरिकाले कार्यक्रम सफल भयो । उहाँहरुले भन्नुभयो  । कार्यक्रम गर्न  सहयोग गर्नु हुने चेतनारायण भुसाल लगायत सम्पूर्ण  सहयोगी हातहरुलाई धन्यवाद पनि दिनु भयो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोविन्द ढकालले यस्तो महामारी को बेला यसरी यस्तो खालको कार्यक्रम गर्नु निकै चुनौतीपूर्ण कार्य थियो तर पनि सैनामैना सेवा समाज यूएई का महिला दीदीबहिनीहरुले यस्तो खाल को कार्य गर्दा समाजमा भाई चाराको माया मोह बढ्ने,  समाजमा सकारात्म सोचहरु आउने  बताउनु भयो। साथै सम्पूर्ण नेपालि हिन्दु धर्मावलम्वबिहरुको महान चाड भाई टिका तथा छठ पर्ब को शुभकामना दिनु भयो । कार्यक्रममा अतिथिहरु बेद प्रसाद आर्यल , के पी बिरही बिनु के सी लगाएत ले शुभकामना दिनु भयो भने कार्यक्रमका सभापति केशव ढकालले  कार्यक्रम लाई समापन गर्दै दीदी बहिनीले गरेको यो मेहनत लाई सम्मान गर्दै सैनामैन सेवा समाज यूएई का दीदी बहिनी लाई धन्यवाद दिनु भयो । कार्यक्रम शान्त वातारणमा सामाजिक दूरी लाई ख्याल राख्दै सम्पन भएकोमा खुसी ब्यक्त गर्नु भयो । कार्यक्रम संस्थाका महासचिव यूबराज भट्टराई ले सञ्चालन गर्नु भएको थियो।

कमेन्ट गर्नुहोस !

No description available.
SHARE