सैनामैनाका असोक घिमिरेलाइ बचाउन कलाकर्मीको सकृयता विभिन्न ठाउमा सांगेतिक प्रस्तुतिबाट रकम संकलन गर्दै

125

४, मंसिर सैनामैना सुरेन्द्र परियार ।
करेन्ट लागेर गम्भिर घाइते भइ उपचार गराइरहेका सैनामैना ६ पटनाका असोक घिमिरेको उपचारमा सहयोग गर्ने उद्धेश्यले यस क्षेत्रका कलाकर्मीहरुले बचाउ अभियान संचालन गरेका छन् ।
वाइरिङ गर्ने क्रममा कन्रेन्ट लागेर शक्त घाइते बनेका २५ बर्षिय घिमिरेको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचार भैरहेको छ । गम्भिर अबस्थामा उपचार भैरहेको उनको उपचार खर्च अभाव भएपछि केही राहात होस् भन्ने उद्धेश्य सहित सैनामैना मुर्गियामा संचालित नटराज कलाकेन्द्र र बुटवल मझुवामा रहेको नित्यम कलाकेन्द्रको संयुक्त आयोजनामा “असोक घिमिरे बचाउ अभियान” संचालन गरेका हुन् ।
उपचार खर्च बढि लाग्नेभएपछि उनको परिवारले सहयोगको याचना गरका थिए । मानबता देखाउदै केही रहात होस् भनेर विभिन्न स्थानमा सांगेतिक प्रस्तुतिहरु देखाउदै आर्थिक रकम जुटाउने अभियान चलाइएको कलाकर्मी एबं नटराज कला केन्द्रका संचालक बिक्रम रानाले बताए । सक्नेले सहयोग गरौ, घिमिरेको ज्यान बचाऔ भन्दै सडक सडकमा पुगेर सांगितिक माध्यमबाट रकम संकलन गर्दै आएको उनले बताए । करिब हप्तादिन अघिबाट, सुरु गरिएको अभियानबाट पहिलो चरणमा १२ हजार १ सय ६० रुपैया संकलन गरि परिवारलाइ हस्तान्तण गरिसकिएको उनले बताए ।
हप्तामा १÷२ दिन समय मिलाएर दुवै कलाकेन्द्रमा प्रशिक्षण लिइरहेका बिद्यार्थीहरु एबं कलाकर्मीहरुको सहभागितामा विभिन्न चोक तथा सडकहरुमा गइ आर्थिक रकम उठाइएको कलाकर्मी एबं नित्यम कलाकेन्द्रकि संचालिका बबिता धितालले बताइन् । उनको उपचार खर्चमा राहात पुर्याउनका लागी यो अभियान जारी रहने कलाकेन्द्रले जनाएको छ ।
करिब १ महिना अघि, कामको शिलशिलामा वाएरिङ गर्ने क्रममा घिमिरेको करेन्ट लागेर छतबाट खसेर गम्भिर घाइते हुन पुगेका हुन् । उनको कम्मरबाट तल्ला भागमा गम्भिर असर पुगेको छ । सामान्य पारिवारीक स्थिति भएका घिमिरेको भैरहवामा उपचार भैरहेको छ । उनको उपचारमा करिब १५ लाख सम्म लाग्ने परिवारले जनाएको छ ।
यसअघि विभिन्न संघसंस्थाहरुले अभियान चलाएका छन् । सत्य संजाल, टिम नेफो सैनामैना, आदिखोला व्वाइज गु्रप, जेसिस सैनामैना, विदेशमा रहेका नेपालीहरुको सहयोग लगायतबाट आर्थिक संकलन जारी रहेको छ ।

कमेन्ट गर्नुहोस !

No description available.
SHARE