यलायन्स क्लब अफ सैनामैनाद्वारा दीप प्रज्वलन

264

सैनामैना ।।
हिन्दुहरूको माहान पर्व शुभ दिपावलीको पूर्वसन्ध्यामा लक्ष्मीपुजाको अवसर पारेर विश्व शान्तीको कामना गर्दै यलायन्स क्लब अफ सैनामैनाले श्री पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा दिप प्रज्वलन गरेको छ ।
विश्व शान्तिको कामना गर्दै लक्ष्मी पूजाका दिन सबैको घरघरमा दीप प्रज्वलन गर्ने चलन अनुसार यदि कसैको घरमा आर्थिक कारण वा अन्य कारणले गर्दा दिप प्रज्वलन भएको छैन भने उक्त दिपलाई सोही घरपरिवार प्रति समर्पित गरेर दीप प्रज्वलन गरिएको छ । हाम्रो चाहना विश्व शान्तिको कामना भन्ने नारालाई आत्मसात गर्दै आज दिपप्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ ।
यलायन्स क्लब अफ सैनामैनाले हिजो नै आफ्नो पहिलो बोर्ड बैठक बसी सोही दिनमा परेको लक्ष्मिपुजालाई मनाउने हाम्रो चाहना विश्व शान्तीको कामना भन्ने उद्देश्यका साथ बोलबम धाममा दिप प्रज्वलन गरेर विश्व शान्तीको कामना गरेको छ । यलायन्स क्लब अफ सैनामैनाका संस्थापक अध्यक्ष कृष्ण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि श्री पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम व्यवस्थापन समितिका अध्यक्षक्ष रामबली चौधरी रहनुभएको थियो । हिन्दूहरूको महान पर्व मध्येको एक तिहारको पूर्वसन्ध्यामा लक्ष्मीपूजाको दिन पारेर गरिएको यो शुभकार्य अति नै शुभ रहेको बताउनुभयो। आजका दिन सबैको घरघरमा दीप प्रज्वलन हुने र जसको घरमा दिपप्रज्वलन भएको छैन उक्त दिप एकमुष्ट रुपमा यस धाममा बाल्ने कुरा सुन्दा एकदमै खुसी लागेको कुरा भन्ननुभयो । कार्यक्रमका अध्यक्ष समेत रहनुभएका भण्डारीले लक्ष्मी पूजाको दिन पारेर यसरी मन्दिरमा आएर दिप प्रोजलन गर्दै विश्व शान्तिको कामना गर्दै आउँदै गरेका चाडपर्वहरूको सम्पूर्णमा शुभकामना अर्पण गर्दै सुखशान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको सम्पूर्णमा मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
कार्यक्रम यलायन्स क्लब अफ सैनामैनाका उपाध्यक्ष दिपक काफ्ले को संयोजन एवं संस्थाका सचिव प्रेम न्यौपानेको सञ्चालनमा सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस !

No description available.
SHARE