ट्रम्पले हार स्वीकार गर्न नमान्नु ‘लज्जास्पद’ विषय, राष्ट्रपतिको विरासतलाई सहयोग गर्दैनौँ : बाइडेन

144

काठमाण्डाै,

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्पले एक हप्ताअघि भएको राष्ट्रपतीय चुनावमा हार स्वीकार नगर्नु लज्जास्पद भएको बताएका छन् ।

तर बाइडेनले जोड दिँदै भनेका छन्, ‘सत्ता परिवर्तनलाई कसैले रोक्न सक्दैन ।’

यसैबीच डोनाल्ड ट्रम्पले फेरि एक पटक ट्वीट गर्दै अन्तिममा आफ्नै जित हुने बताएका छन् ।

ट्रम्पले मङ्गलबार कैयौँ पटक ट्वीट गर्दै फेरि मतदानमा गडबड भएको आरोप लगाउँदै आफूले नै जित्ने लेखेका छन् ।

यद्यपि उनको ट्वीटलाई फेरि एक पटक ट्विटरले विवादास्पदको संज्ञा दिएको छ । यसअघि पनि ट्रम्पले बाइडेनको जित चुनावमा भएको भ्रष्टाचारले भएको भन्ने आरोप लगाए पनि त्यसको कुनै प्रमाण दिएका छैनन् ।

गएको हप्ता भएको चुनावमा जो बाइडेन विजयी रहने अनुमान गरिसकिएको छ ।

खासमा, अमेरिकामा प्रत्येक चार वर्षमा हुने राष्ट्रपतीय चुनावमा मिडियाले उम्मेदवारले जितेको नभनी उसले जित्ने अनुमानको घोषणा गर्छन् ।

यस्तो औपचारिक कारणबाट हुने गर्दछ । अमेरिकामा अहिलेसम्म कुनै राज्यको परिणामको बारेमा घोषणा गरिएको छैन ।

अहिले पनि केही ठाउँहरुमा मतगणना भइरहेको छ र यस विषयमा अन्तिम फैसला १४ डिसेम्बरमा हुनेछ, जब अमेरिकी इलेक्टोरल कलेजको बैठक हुनेछ ।

मङ्गलबार एक पत्रकारले जो बाइडेनलाई राष्ट्रपति ट्रम्पले हार स्वीकार नगरेको सन्दर्भमा के सोच्नुभएको छ भनेर सोधेका थिए ।

यसको उत्तर दिँदै बाइडेनले भने, ‘साँचो अर्थमा भन्दा यो एक लज्जास्पद कुरा हो ।’

उनले भने, ‘यस्तो अवस्थामा राष्ट्रपति पदको विरासतलाई सहयोग गर्न सकिँदैन ।’

बाइडेनले आफ्नो कुरा समाप्त गर्दै भने, ‘अन्तिममा यो सबै २० जनवरीमा बन्द हुनेछ ।’

कमेन्ट गर्नुहोस !

No description available.
SHARE