वृद्धास्थामा विचारले स्वास्थ्यमा प्रभाव

181

मानव जीवनको विभिन्न अवस्था पार गर्दै हामी वृद्धा अवस्थामा आइपुग्छौँ । जीवनको विभिन्न अवस्थामध्ये अन्तिम र संवेदनशील अवस्था वृद्ध्रवस्थाा हो ।

बूढाबूढी भएपछि आनीबानीमा  परिवर्तन आउँछ । शरीरमा परिवर्तन आउँछ । बुढेसकालमा धेरैजसो मा निराशा र आफूप्रति असन्तोषका भावनाहरू हुन्छन् । आफ्नो स्थितिप्रति असन्तोष भावनाहरू हुन्छन् ।  बूढाबूढीहरू पीडामा हुन्छन् । अबका दिनहरू कस्ता हुने हुन् । मरण कस्तो हुने हो भन्ने पनि पीर हुन्छ ।  जिन्दगी अब कसको लागि र किन बाँच्नु भन्ने सोचिरोखेका हुन्छन् । आफूले उमेरमा गर्न नसकेका काम सम्झेर ग्लानि, पश्चातापले सताइरहेको हुन्छ ।

कति परिवारमा बूढाबूढीहरू तिरस्कृत रहेका पनि हुन सक्छन् । कति परिवारले बूढाबूढीहरूको भावना नबुझेका पनि हुन सक्छन् । यस्तो हुनबाट आत्मसम्मानमा ठेस लागेको पनि हुन सक्छ ।  मनोभावना विक्षिप्त भएको हुनसक्छ । रोग लाग्नु अगाडि नै हरेसका विचारहरू, म अब कसको लागि बाँच्नु, अब मेरो कसलाई के आवश्यकता छ र ! जस्ता भावनाले आत्मशक्ति घटाउँछ  । रोगसँग प्रतिरोध गर्न गाह्रो हुन्छ । वृद्धावस्थामा आफ्ना मनमा लागेका भावनाहरूलाई सुनिदिने मानिस नभेटिन पनि सक्छ । भनिन्छ वृद्धावस्थामा फेरि बाल्यावस्था दोहोरिन्छ । चकचके, जिद्दी र कचकचे भइन पनि सक्छ । योे उमेरले गराएको परिवर्तन हो । मनमा लागेका कुरा कसैलाई सुनाउन पाए मात्र पनि वृद्घवृद्धाको मन आनन्द र हल्का हुन्छ । मनमा धेरै कुरा एक्लै लिइराख्नुपर्ने अवस्था, सुनाउने मान्छे नभेटिएर गुम्सिराखेका व्यथा, पीर, चिन्ताले गर्दा पनि मानसिक, शारीरिक  शक्ति घट्छ । भित्र गढेर बसेको पीडाले रोग प्रतिरोध शक्ति घटाउँछ ।

हाम्रो समाजमा हामीले देखेका छौँ र कतिपय हाम्रै पनि बानी छ कि हामीलाई कसैले सन्चै हुनुहुन्छ भनेर सोध्यो भने हामी स्वास्थ्यमा थोरै मात्र केही भएको छ भने पनि बढाई चढाई आफ्नो दुःख पीडाको वर्णन गर्छौ । हामीहरूलाई रोग सुनाउदा आनन्द आउँछ । हामी सहानुभूतिको लागि यो गरिरहेका हुन्छौँ । वयस्कमा भन्दा पनि वृद्धवृद्धामा यो प्रवृत्ति बढी पाइन सक्छ । वृद्धवृद्धा प्रायः एक्लोपन मसहसुस गर्छन् । यसैले पनि रोगलाई मनमा  सम्झिराख्छन्  । सानो रोगलाई ठूलो बनाएर भन्दा आनन्दित हुन्छन् । जसलाई भेट्यो त्यसैलाई रोग सुनाउँछन् । यस्तो प्रवृत्ति बढ्दै गयो भने वृद्धवृद्धालाई सामान्य रोगबाट मुक्त हुन पनि गाह्रो पर्छ  ।

मानव मनोविज्ञानका जानकारहरू भन्छन् मनको शक्ति अपरमपार हुन्छ । मनकै प्रबल शक्ति नै हाम्रो राम्रो र नराम्रो स्वास्थ्यको कारण हुन्छ । रोग लागेको बेला रोगीको मनोभावना जस्तो छ, त्यसैअनुसार उसको रोग बढ्ने अथवा घट्ने अवस्थामा जान्छ । रोग मात्रै होइन मृत्यु नै पनि हामीले भित्रबाट स्वीकार गरेका छैनौँ भने आइहाल्न सक्दैन । नकारात्मक भावनाको असर चाँडै अथवा ढिला हाम्रो शरीरमा निश्चित रूपमा पर्न जान्छ । नकारात्मक सोचको वृद्धिले मानसिक तथा शारीरिक स्वास्थ्यमा असर पुग्न जान्छ र हामी आफूमा हुर्केको नकारात्मकताकै कारण पनि बिरामी पर्न सक्छौँ । धेरै रोगहरू पहिले हाम्रो नकारात्मक सोचबाट जिन्मन्छन् ।  मनका दूषित मनोभावनाबाट विस्तारै शरीरमा रोगको रूपमा देखा पर्न थाल्छन् ।

मानिसको स्वास्थ्य, उसको स्वास्थ्यसम्बन्धी भावनामा निर्भर रहन्छ । यदाकदा उपचारले काम गरेन भने रोगीले मनमनै आफू स्वस्थ हुन नचाहेकोे सम्भावना पनि कारण रहेको हुन सक्छ । सधैँ रोगकै चिन्तामा बसेको व्यक्तिलाई राम्रोभन्दा राम्रो उपचारले पनि काम नदिन सक्छ । निरन्तर सकारात्मक सोच गरिराख्यो भने त्यसले मानिस स्वस्थ हुन्छ र स्वाभावमा परिवर्तन ल्याउन सक्छ । राम्रो चिन्तनले मन तथा शरीरमा राम्रो परिवर्तन र नराम्रो चिन्ताले नराम्रो परिवर्तन आउँछ । मानिस आफूप्रति जस्तो विचार राख्छ त्यस्तै बन्छ भन्ने मनोविज्ञानको सिद्धान्त पनि हो ।

धेरै चिन्ता र रिसले पनि रगतमा विष उत्पन्न हुन्छ, यसले मानिसलाई बिरामी बनाउँछ । विभिन्न अध्ययनले बताएअनुसार एक पटक रिसाउँदा मानिसको मस्तिष्कको लाखौँ कोषाणुहरू नष्ट हुन्छन् । रिस, घृणा, ईष्र्या, डर, चिन्ता आदि नकारात्मक विचारले हाम्रो  शरीरभित्र रगतमा विष पैदा गर्छ । कब्जियत, टाउको दुख्ने, पागलपन, अवसाद आदि रोगको मूल कारण चिन्ता नै हो । बढी चिन्ता गर्ने व्यक्तिहरूको स्मरण शक्ति पनि कमजोर हुन्छ । मनको विकारले नै हाम्रो शरीरमा विकार पैदा गर्छ । कुनै पनि रोगको बारेमा र आफ्नो स्वास्थ्यको बारेमा बारम्बार चिन्तित भइरहने व्यक्ति कहिल्यै निरोगी हुन सक्दैन । यसै गरी स्वास्थ्यसम्बन्धी उत्तम विचार, रोग निवारण भइसकेको सकारात्मक विचार  गर्दा रोग निवारण हुन सक्छ  । विचार परिवर्तनले स्वास्थ्यमा तुरुन्त परिवर्तन आउँछ । मानिसको स्वास्थ्य, उसको स्वास्थ्यसम्बन्धी भावनामा निर्भर रहन्छ । यदाकदा उपचारले काम गरेन भने रोगीले मनमनै आफू स्वस्थ हुन नचाहेकोे सम्भावना पनि कारण रहेको हुन सक्छ । सधैँ रोगकै चिन्तामा बसेको व्यक्तिलाई राम्रोभन्दा राम्रो उपचारले पनि काम नदिन सक्छ । निरन्तर सकारात्मक सोच गरिराख्यो भने त्यसले मानिस स्वस्थ हुन्छ र स्वाभावमा परिवर्तन ल्याउन सक्छ । राम्रो चिन्तनले मन तथा शरीरमा राम्रो परिवर्तन र नराम्रो चिन्ताले नराम्रो परिवर्तन आउँछ । मानिस आफूप्रति जस्तो विचार राख्छ त्यस्तै बन्छ भन्ने मनोविज्ञानको सिद्धान्त पनि हो । आशावादी मानिसहरू जस्तो सुकै समस्यालाई पनि पार गरेर अघि बढ्न सक्छन् । रोग र उपचारका सम्बन्धमा पनि यो कुरा लागु हुन्छ । जीवनमा मनोवलको ठूलो महत्त्व छ । मनोबल बलियो छ भने मानिस रोगलाई सजिलै जित्न सक्छ ।

अहिले कोराना महामारीको चपेटाले विशेष गरी बूढाबूढीलाई अप्ठ्यारोमा पारेको छ कतिको त ज्यान जोखिममा परेको पनि छ । यसको मुख्य कारण आत्मशक्तिको कमी पनि हो । हो बूढाबूढी हुँदा शरीरको स्थिति पनि कमजोर भएको हुन्छ । सँगसँगै मन झन् कमजोर भएको हुन्छ । जसको उमेरभन्दा बढी मन कमजोर हुन्छ, उसको प्राण शक्ति कम हुन्छ ।

दिन दिनै रोग निको भएको कल्पना गर्ने । नियमित रूपमा दिनदिनै अझ भन्नुपर्दा हरेक क्षण मनमनले एक एक श्वास लिँदा छाड्दा म राम्रो ठीक भइसके, मेरो दुखाइ ठीक भइसक्यो, म खुसी छु, सुखी छु, ममा शक्तिको जागरण भएको छ भन्ने गर्नाले शरीरमा विस्तारै साच्चीकै परिवर्तन आउँछ । रोग घट्दै र स्वास्थ राम्रो हुँदै जान्छ । सकारात्मक सोच, एकाग्रता, हिलिङ, आन्तरिक शान्तिको भावनाले जीवनमा परवर्तन आउँछ ।

तनावरहित वातावरण बनाउने कोसिस गर्ने, आनन्द मन गर्ने, चिडचिडापन, रिस, ईष्र्या नगर्ने । नकारात्मक भावना कम गर्ने, नकारात्मक सोचलाई तुरुन्त सचेत भएर सकारात्मकमा लाने कोसिस गर्ने र कुनै पनि कुरामा विवादलाई गहिरोसँग नलिने गर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ । यसो गर्दा दिमागको शक्ति खर्च हुँदैन । धूमपान, मद्यपान, मांसहार, पनि वृद्धावस्थामा स्वास्थ्य  ठीक राख्नका लागि छोड्नु राम्रो हुन्छ । वृद्ध अवस्थामा पाचन तन्त्र कमजोर भएको हुन्छ ।     भोजन पचाउन सक्दैन । त्यसैले हल्का खाना खाने, सुत्नुभन्दा २ घण्टा अगाडि नै खाना खाने । सकेसम्म खाना खाँदा पानी नपिउने गर्दा पाचन तन्त्रलाई अनावश्यक भार पर्दैन ।

यस्तै वृद्धावस्थामा मुख्य रूपमा उत्तेजना र संवेदनालाई नियन्त्रण गर्नु पनि अत्यन्त जरुरी हुन्छ । तुरुन्त कुनै पनि कुराको आवेगमा नआउने, तुरुन्त प्रतिक्रिया नगर्ने गर्नाले स्वास्थ्य  सन्तुलित रहन्छ । तुरुन्त बढी खुसी नहुने, तुरुन्त बढी दुःखी नहुुने, तुरुन्त नरिसाउने गर्दा स्वास्थ्य स्थिर राख्न सकिन्छ । समयमा खाना खाने, समयमा सुत्ने, समयमा उठ्ने गर्नु पनि राम्रो स्वास्थ्यका लागि अत्यन्त आवश्यक नियम हो ।

कमेन्ट गर्नुहोस !

No description available.
SHARE