माउण्टेन इनर्जी नेपाल लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको छ । कम्पनीले जारी पुँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो ।
सोमध्ये कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गर्न लागेको हो । यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३ सय ६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४ सय १ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिएको छ ।
सर्वसाधारण लगानीकर्ताले बाँकी १८ लाख ३० हजार २ सय ६५ कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन्। । कम्पनीको आइपीओमा सर्वसाधारणले छिटोमा मंसिर २ गतेसम्म आवेदन गर्न सक्नेछन भने सो अवधिमा सबै शेयर बिक्री नभएमा ढिलोमा मंसिर १० गतेसम्म आवेदन गर्न पाइने व्यवस्था छ ।
यस अघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गरेको थियो । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको छ ।
कमेन्ट गर्नुहोस !