२६ कात्तिक, काठमाडौं ।
वाणिज्य बैंकहरुले तिहार बिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् ।
गत वर्ष दशैं र तिहारको बिदामा समेत सीमित शाखामार्फत् सेवा दिएका वाणिज्य बैंकहरुले यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिम रहेको भन्दै तिहार विदामा बैंक नखोल्ने निर्णय गरेका हुन् ।
कात्तिक २९ देखि मंसिर १ गतेसम्म शाखा कार्यालयहरु बन्द भए पनि डिजिटल सेवाहरु भने सधैं खुला हुने संघले जनाएको छ । संघले यस अवधिमा बैंकिङ कारोबार गर्नुपरे डिजिटल कारोबार गर्न अनुरोध गरेको छ ।
कमेन्ट गर्नुहोस !