न्यायिक क्षेत्रमा लागेको क्यान्सर धामी बोलाएर सरकारले मन्साउन खोजेको ओलीको आरोप

2

पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यायिक क्षेत्रमा क्यान्सर लागेको प्रतिक्रिया दिनुभएको छ । आज विचार गोष्ठी तथा साइबर सर्कल घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष आलीले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

राष्ट्रिय युवा संघले आयोजना गरेको उक्त कार्यक्रममा बोल्नुभएका ओलीले सरकारले देशमा आन्दोलन नभएको बताएपनि सर्वोच्च अदालतको आगनमा आन्दोलन भएको बताउनुभएको हो ।

उँहाले पाँच दलिय गठबन्धनको सरकार भएपछि न्यायिक क्षेत्रमा क्यान्सर लागेको बताउनुभएको हो ।
उहाँले न्यायिक क्षेत्रमा भएको क्यानसरको उपचार सरकारले धामी बोलाएर दुबो, अण्डा लगायत राखेर मन्साउनलागेको बताउनुभएको हो । ओलीले अहिले न्यायिक क्षेत्रमा डाक्टर र अप्रेशनको खाँचो भएको बताउनुभएको हो ।

कमेन्ट गर्नुहोस !

No description available.
SHARE