तिज गीत ‘मयूरको भालेले’ सार्वजनिक

105

साउन १२, भैरहवा ।

हरीतालिका तिजको अवसरमा ‘मयूरको भालेले’ गीत सार्वजनिक भएको छ । सुदिप कुवँर र रचना रीमालको स्वरमा रहेको उक्त गीतमा नेपाली फिल्म क्षेत्रका चर्चित कोरियोग्राफर तथा निर्देशक रामजी लामिछानेले निर्देशन गरेका छन् । गीतको भिडियोमा मोडल एलिना रायमाझी र निक्स शर्माको अभिनय रहेको छ ।

गायक कुवँरले यसअघि ‘मायाले ईशारा ’, ‘मायालु जहिले रीसाउनी’, ‘टोपि खस्यो बरीलै’ जस्ता गीतहरु गाईसकेका छन् ।गीतमा मान कृष्ण महर्जनको छायांकन र मिराज आर्याल,योगेन्द्र कार्कीको सम्पादनमा रहेको भिडियो सुदिप कुवँर युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

कमेन्ट गर्नुहोस !

No description available.
SHARE