लोक दोहोरीका नायक राजु परियार सहित चर्चित कलाकारहरूको प्रस्तुति रहेको  फुल्यो गुँरास बजारमा ,

398

शिब अधिकारी ,
काठमाडौं ।।
बहु-चर्चित लोक दोहोरी गायक तथा लोक संगित जगतका महानायक राजु परियार , कमला घिमिरे , अर्जुन सापकोटा र लक्ष्मी खड्का फुल्यो गुराँस बोलको गीतमा  एक साथ देखा परेका छन् ।
पानस डिजिटल प्रा.लि. ले बजारमा ल्याएको उक्त गीतमा राजु परियार , लक्ष्मी खड्का , अर्जुन सापकोटा , कमला घिमिरे , राजकुमार बानियाँ र अप्सरा ओलीले स्वर  दिएका छन् ।
नेत्र अर्यालको शब्द , राजकुमार बानियाँको लय रहेको फुल्यो गुँरास बोलको गीतमा सुदिप सागरको एरेन्ज , बिमल छिनालको को रेकर्डिङ , एच.बी.एन. किस्मतको ध्वनि सम्पादन रहेको छ ।
वान डि.वी एच.डी. स्टुडियोमा रेकर्डिङ भएको गीतको निर्देशन निसान बानियाँले गरेका छन् । यस्तै गीतमा कोरियोग्राफर प्रकाश खड्का , सम्पादन तथा कलर शिब पौडेलले गरेका छन् भने गीतमा बिक्रम नेपाली  र रेश्मा सुवेदीको मुख्य अभिनय देख्न सकिन्छ ।

गीत पानस फिल्मस् को अफिसियल युटुव च्यानलबाट  बिहिवार बिहान ८:१५  बजे सार्वजनिक गरिएको छ ।
भिडियो :https://youtu.be/vp7gvtOE3XU

 

 

कमेन्ट गर्नुहोस !

No description available.
SHARE