सिद्धिविनायक पोलिक्निकमा सेवा सुविधा थप

361

शिब अधिकारी,
रुपन्देहीको मायादेवी गाउँपालिका स्थित बेथरीमा सञ्चालनमा आएको सिद्धिविनायक पोलिक्निकले सेवा सुविधा थप गरेको छ । बिरामीको मर्म र गुनासोलाई आत्मसाथ गर्दै बिगत २ बर्षदेखि सेवा सञ्चालन गर्दै आएको पोलिक्निकले हाल आफ्नै भवनबाट सेवा विस्तार गर्नुका साथै डिजिटल एक्सरे , ल्याब , र्फामेसी , अल्ट्रासाउन्ड लगायतका सेवा थप गरेको हो ।
सुरुवाती चरणबाट नै उत्कृष्ट सेवा प्रदान गर्दै आएको पोलिक्निकले २४ सै घण्टा इमरजन्सी सेवा , जनरल फिजिसियन सेवा , दिनुका सम्पुर्ण रोगको उपचार गर्दै आएकोमा गत फाल्गुन ४ गते बाट आफ्ना सेवा सुविधामा थप गरेको पोलिक्निक सञ्चालक डाक्टर एम.डि. मान बहादुर प्रजापतीले बताए ।
१० शैयाको क्षमता रहेको उक्त पोलिक्निकमा हाल १० जना कर्मचारीले सेवा दिदै आएका छन् ।

कमेन्ट गर्नुहोस !

No description available.
SHARE