विश्वले भ्यालेनटाइन डे मनाईरहदाँ नेपाली क्रिकेट समर्थकले मनाए करण के.सी डे

627

भैरहवा अपडेट ,
रुपन्देही ।।
सन् २०१८ फेब्रुअरी १४ को दिन विश्व भ्यालेनटाइन डे मनाउदै थियो । तर नेपाली क्रिकेट तथा नेपाली क्रिकेट प्रेमिहरुको ध्यान नेपाल र क्यानडा विरुद्धको त्यो अविस्मरणीय खेलमा थियो ।
क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल एक समय १४४ रन ९ विकेटको नाजुक अवस्थामा थियो । पुनः एक पटक नेपालको दयनिय ब्याटिङले निरंतरता पाएको थियो ।
क्रीजमा थिए करण के.सी र सन्दिप लामिछाने । नेपाली क्रिकेट प्रेमिले आश मारिसेका थिए । आश पनि किन नमारुन १९५ रनको लक्ष्य छ । टिम १४४ रन ९ विकेटको नाजुक अवस्थामा ।
यस्तो अवस्थामा जित निकाल्नको लागि चमत्कार नै गर्नु पर्ने थियो । मुटु तिब्र रुपमा धड्किरहेको थियो, चारै तिर अन्धकारले छाएको थियो । तर त्यो नाजुक अवस्थाको नेपाली टिमलाई चमत्कार गर्दै , अन्धकारलाई उज्यालो तर्फ लम्काउदै नेपाली क्रिकेटका मेरुदण्ड करन के.सीले ३१ बलमा ४ छक्का र ३ चौका प्रहार गरेर ४२ रनको बिस्फोटक ब्याटिङ गर्दै अविस्मरणीय जित दिलाए ।
नेपाललाई अन्तिम ओभरमा जितको लागि ८ रन चाहिएको थियो । स्ट्राईकमा थिए करन के.सी । करणले लगातार चार बलमा कुनै रन जोड्न सकेनन तर पाचाँै बलमा उत्कृष्ट छक्का प्रहार गर्दै नेपालको आशा जिवित नै राखे ।
पाचाँै बल वाईड भए सङ्गै खेल बराबर मा पुग्यो । अघिल्लो चरणमा पुग्नको लागि नेपाललाई बराबरि काफी थियो । तर अन्तिम बलमा करन के.सीले एक रन जोड्दै नेपाललाई अविश्वसनीय जित दिलाए ।
उनलाई सन्दिप लामिछानेले क्रीजमा टिकेर साथ दिए । त्यही जितले नेपाल बिश्वकप छनोट खेल्न पायो । साथै पपुवा न्युगिनिलाई पराजित गर्दै एक दिवसीय क्रिकेटको मान्यता पनि पाउन सफल भयो । यदि त्यो दिन करन के.सी साथै नेपाली क्रिकेटले ईतिहास नरचेको भए आज नेपाल कुन अवस्था हुन्थ्यो त्यो कल्पनानै गर्न सकिने थिएन होला । नेपाली क्रिकेट ईतिहास मा यो जित अहिले सम्मकै उत्कृष्ट र सबैलाई चकित पार्ने जित हो ।
करन के.सीले नेपाली क्रिकेटलाई दिएको त्यो अविस्मरणीय उपहार हामी नेपाली क्रिकेट प्रेमिले चाहेर पनि कहिलै बिर्सने छौनाँै । नेपाली क्रिकेट जगतलाई एक उचाईमा देख्न पाईयोस ह्याप्प्पि करण के.सी डे भन्दै सामाजिक सञ्जाल फेसबुकमा सयौँ पोष्टहरु फेला परेका छन् ।

कमेन्ट गर्नुहोस !

No description available.
SHARE