कक्षा १२ को नतिजा आज सार्वजनिक हुने

183

काठमाडौं, सोमबार, १९ माघ २०७७ । राष्ट्रिय परीक्षा बोर्डले आज सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गर्ने भएको छ । त्यसका लागि बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले केही समस्या नदेखिए आज सोमबार नै नतिजा सार्वजनिक हुने बताउनु भएको छ । हिजो आइतबार बसेको बोर्ड बैठकले नतिजाको ‘डमी’ हेरेको पनि उहाँले जानकारी दिनुभएको छ ।

बोर्डले यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णांकको मात्र परीक्षा लिएको थियो । ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकन गरिएको छ । परीक्षामा देशभरबाट चार लाख ३३ हजार दुई सय परीक्षार्थीले सहभागी हुन आवेदन दिएका थिए ।

बोर्डले गत पुस मध्यसम्ममा कक्षा १२ को नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको थियो । तर, परीक्षा व्यवस्थित नहुँदा नतिजा सार्वजनिक हुन सकेको थिएन ।

देशभरका चार हजार एक सय पाँच परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । कक्षा १२ को परीक्षामा सहभागी हुने सबै विद्यालयमा होमसेन्टर कायम गरिएको थियो ।

कारोनाका कारण स्थगित गरिएको परीक्षा ९ मंसिरदेखि स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गरेर सञ्चालन गरिएको थियो ।

कमेन्ट गर्नुहोस !

No description available.
SHARE