रुपन्देहीमा सामुहिक बलात्कारको आरोपमा प्रहरी जवान सहित २ पक्राउ

291

बुटवल। महिलालाई  सामुहिक रुपमा बलात्कार गरेको आरोपमा एक प्रहरी जवान सहित २ जना पक्राऊ परेका छन् । अर्की १८ बर्षकी कोशोरीकोनग्न फोटो खिचेका थिए। पक्राउ पर्नेमा एक जना प्रहरी जवान समेत रहेका छन्। गत कात्तिक २३ गते कञ्चन गाउँपालिका( ५ भैसाहीमा १८ वर्षकी एक किशोरी माथि सामुहिक सामुहिक बलात्कार भएको थियो। दुबै किशोरी कपिलबस्तु जिल्लाका हुन्।

प्रहरीलाई दिएको जाहेरीमा उनीहरुले भैसाहीमा आफूहरु विरामी भेट्न गएको उल्लेख गरेका छन्।उक्त घट्नामा कपिलबस्तुकै चार जना विरुद्ध जाहेरी परेको र त्यस मध्ये दुइ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रविण पोखरेलले बताए। ‘कात्तिक २३ गते बेलुका साढे ८ बजे घट्ना भएको भन्ने छ। चार जना विरुद्ध जाहेरी परेको छ। ट्राफिक प्रहरीका जवान सहित दुइ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेका छौं। ’उनले भने ।

कपिलवस्तुको वाणगंगा नगरपालिका घर भएका प्रहरी जवान विशाल शर्मा र सोही ठाउँका गुरुचरण चौधरी लाई पक्राउ गरि अनुसन्धान थालिएको एसपी पोखरेलले बताए।

कमेन्ट गर्नुहोस !

No description available.
SHARE