इरासमस युनिभर्सिटी इन्टरनेशनल एलमुनाइ बोर्डको उपाध्यक्षमा स्वाती थापा

95

भैरहवा अपडेट

भैरहवा, ११ माघ ।

नेदरल्याण्डस्को इन्ष्टिच्युट फर हाउजिङ एण्ड अर्बन स्टडिज, इरासमस युनिभर्सिटी अन्तर्गत इन्टरनेशनल एलमुनाइ बोर्डको उपाध्यक्षमा स्वाती थापा नियुक्त भएकी छन् । प्रतिमान नीमा स्मृति प्रतिष्ठानकी कार्यकारी निर्देशक तथा कार्यसमिति सदस्य थापा आगामी दुईवर्षे कार्यकालको लागि उक्त युनिभर्सिटीले एलमुनाइ बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो । १४३ मुलुकका १० हजार बढी विभिन्न समुदायका शहरी क्षेत्रका विज्ञहरु आबद्ध रहेको नेदरल्याण्ड्सको विश्वविद्यालय अन्तर्गत एलमुनाइ बोर्डको उपाध्यक्षमा उनलाई नियुक्त गरिएको हो ।

यो युनिभर्सिटीमा पीएचडी, मास्टर्स लगायत अन्य शैक्षिक कार्यक्रमहरु सञ्चालन हुँदै आएको छ । नेपालका विभिन्न क्षेत्रमा कार्यरत अधिकृतहरु उक्त विश्वविद्यालयमा अध्ययनको सिलसिलामा जाने गरेका छन् । सन् १९५८ मा स्थापित युनिभर्सिटीले शहरी योजना, पूर्वाधार तथा हरियाली शहर, शहरी तथा आर्थिक विकास, शहरी वातावरण तथा जलवायु परिवर्तन सम्बन्धि विषयलाई विशेष जोड दिदै आएको हो ।

नवनियुक्त उपाध्यक्ष थापाले आफु उपाध्यक्षमा नियुक्त भएपछि नेदरल्याण्डस् र नेपालबीच शिक्षाको क्षेत्रमा विभिन्न तहमा कार्यक्रमहरु सञ्चालन गर्न सहज हुने बताइन् । उनले विश्वविद्यालयमा अध्ययन गरिसकेका थुप्रै नेपाली तथा अन्य मुलुकका भुतपूर्व विद्यार्थीहरुलाई एउटै छातामुनी राखेर विभिन्न रचनात्मक कार्य गरिने बताइन् । उनले विश्वका विभिन्न समुदायमा सकारात्मक दिगो विकासलाई लक्षित गर्दै कार्यक्रम विशेष नीति तथा नियम निर्माण गरी अगाडी बढ्ने बताइन् ।

थापाले त्रिभुवन विश्वविद्यालयबाट द्धन्द्ध, शान्ति र विकासमा स्नातकोत्तर र इरासमस युनिभर्सिटीबाट शहरी विकास तथा व्यवस्थापनमा एम.एस.सी गरेकी छन् । त्यस्तै उनले त्रिभुवन विश्वविद्यालयबाट एमफिल इन पब्लिक एडमिन्स्टेशन समेत गरेकी छन् । उनी राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यसमिति सदस्य तथा लुम्बिनी विश्वविद्यालय अन्तर्गत डेभलपमेन्ट स्टडिज एण्ड एप्लाइड साइन्सेजको सदस्य समेत हुन् । एलमुनाइ बोर्डको अध्यक्षमा ओलेक्सजेन्द्रा, अनलाइन कम्युनिकेशन रेस्पनसिबलमा हाना र ग्लोबल नेटवर्क बिल्डरमा धु्रब नियुक्त भएका छन् ।

कमेन्ट गर्नुहोस !

No description available.
SHARE