रबिले  न्युज २४ छाडेको दाबी , सिधा कुरा जनतासँगको ऋङ्खला बिहीबार सकिने

259

शिब अधिकारी ,
७ माघ , रुपन्देही ।।
न्युज २४ टेलिभिजनबाट बरिस्ठ सञ्चारकर्मी  रबि लामिछानेले विश्राम लिएको बताएका छन् । बुधबार लामिछानेले आफ्नो आधिकारिक फेसबुकमा टेलिभिजनबाट विश्राम लिएको बताएका छन् । उनले आफ्नो फेसबुक पोष्टमा  बिहीबार<span;> प्रशारण हुने कार्यक्रमसँगै  न्युज २४ टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछौ। यो साथ,सहयोग र अवसारकालागि  सम्पुर्ण टेलिभिजन परिवार सहित अध्यक्ष आदरणीय अनिल जोशी ज्यु तथा निर्देशक अदिश जोशी ज्यु प्रति आभार व्यक्त गर्दछु। मलाई विश्वास गरि मार्गदर्शन समेत गर्नु हुने आदरणीय निर्मल राज पौडेल/निता पौडेल तथा सम्पुर्ण वेलकम ग्रुप प्रति विशेष आभार व्यक्त गर्दछु। भनी आफुले टेलिभिजनबाट विश्राम लिएको सार्वजनिक गरेका छन् ।
रबिले टेलिभिजन छाडेको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि दर्शक , शुभचिन्तक लगायतले चिन्ता ब्यक्त गरेका छन् ।भने आवाज बिहिनको आवाज सिधा कुरा जनतासँग बन्द नहोस भन्दै नयाँ योजनाको शुभकामना समेत दिएका छन् । त्यस्तै रबिले टेलिभिजन छाडेर अब राजनीतिमा आउनुपर्ने सामाजिक सञ्जाल फेसबुकको प्रतिक्रियामा समेत देखिएको छ । लामिछानेले टेलिभिजनबाट विश्राम लिएपछि उनको नयाँ योजना भने उनले खुलाएका छैनन् ।।

कमेन्ट गर्नुहोस !

No description available.
SHARE